२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल

अ+ अ-

महोत्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन्  ।

आज प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको बताए । महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न यहाँ आएका उनले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रूपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गरे । 

पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताए। मधेसमा बर्दिबास–जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको उल्लेख गर्दै उनले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे । 

“जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको छ”, मन्त्री दाहालले भने, “भङ्गाहा–बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेका छौँ ।” भङ्गाहा–बर्दिबास खण्डअन्तर्गत बर्दिबासमा रेलस्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उनले बताए ।

सरकारले राष्ट्रिय महत्वका चाडपर्वअघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको बताउँदै मन्त्री दाहालले एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने जानकारी दिए । मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन (फोरलाइन) सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उनले बताए। 

कमला पुल निर्माण गर्दा प्राविधिक पक्षसँग छलफल गरी उनीहरूको रायअनुसार अघि बढाइने मन्त्री दाहालले स्पष्ट पारे । सरकार सुदृढ इच्छाशक्तिका साथ योजनाबद्ध रूपमा विकास तथा पूर्वाधार निर्माणमा अघि बढिरहेको बताउँदै उनले यसका सकारात्मक परिणाम बिस्तारै देखिने उल्लेख गरे । 

मन्त्रालयका सचिव, हुलाकी सडक कार्यालय मुजेलियाका प्रमुख, रेल विभागका महानिर्देशक, उच्च अधिकारीलगायतले मधेसमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस