१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागजमा संघीयता लेखिए पनि व्यवहारमा लागू हुन सकेको छैन : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कागजमा संघीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताएका छन् ।

सोमबार वीरेन्द्रनगरमा आयोजित काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले भने, ‘हामी सही ढङ्गले हिँड्न सकेका छैनौँ । संघले २, ३ लाखका योजनाको काम गरिरहेको छ । त्यही प्रदेशले पनि बनाइरहेको छ । यस्तो कहिलेसम्म रु अब यस्तो अवस्था सुधार्न पर्छ ।’

साथै, उनले कर्णालीमा तथ्यांकमा आधारित रहेर बजेट बनाउनु पर्ने बताएका छन् ।

उनले भने, ‘प्रदेश र स्थानीय सरकारले कर्णालीका जनताले उचित मूल्य पाउने गरेर हाटबजार निर्माण गर्नु पर्छ । यति मात्रै नभएर कर्णाली सरकारले अन्य प्रदेशसँग साझेदारी गर्न आवश्यकता छ । यहाँको मुख्य उत्पादन के हो त्यसमा जोड दिनुपर्छ ।’

यस्तै, महामन्त्री थापाले काँग्रेस पार्टीमा आन्तरिक लडाइँमा समय बित्ने गरेको बताए । काँग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको उनको भनाइ छ ।

‘काँग्रेसभित्र ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ । एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ । यसरी समय खेर फालेर हुँदैन’, थापाले भने ।

८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक संगठन नै नभएकोमा दुःख व्यक्त गरे । उनले बताउँदै यस्तो समस्याहरूको समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस