काठमाडौँ । दुर्गा प्रसाईँका समर्थकहरू आन्दोलित भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँका समर्थकहरूलाई हिरासतमा लिएपछि उनीहरू आन्दोलित भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईँ आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए ।
प्रसाईँ पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् ।
