काठमाडौँ । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।
दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनी वामपन्थी दल नेशनल पिपुल्स पावर (एनपीपी)का नेता हुन् । शनिबार भएको निर्वाचनमा उनले सामागी जन बालावेगाया (एसजेबी)का साजिथ प्रेमदासालाई हराएका थिए ।