१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

अ+ अ-

हुम्ला । सिमकोट गाउँपालिका-७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४ सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ ।

विद्युत् जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्‍याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरी चौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए।

नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुई वटा विद्युत् पोल पनि उपलब्ध गराएको छ । सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बेहोर्ने अध्यक्ष भण्डारीले बताए। ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् ।

उक्त स्थानमा रहेको टावरले नाम्खाका तीन वटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका-१, २, ३ र सिमकोट गाउँपालिका-७, ८ नं वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरिकले गुणस्तरीय टेलिफोन सेवा पाएका थिएनन् । घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस