२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यादव र थारुको आस्थाको धरोहर रिहार धाम सुनसान

अ+ अ-

 दाङ । पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ ।

दैनिक एक–दुईजना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन् ।

पारिवारिक सुख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युगमा ऋषि मुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ ।

बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् । त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क)पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिनन्, ‘कहिल्यै त शून्य हुन्छ ।’

यो धामको इतिहास हजारौँ वर्ष पुरानो मानिन्छ । द्वापर युगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुने विश्वास छ ।

रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् ।

रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन् ।

रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ ।

त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ । यति धेरै संरचना हुँदा पनि पर्यटकको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस