काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।
आजको बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै केही थप निर्णय पनि हुन सक्ने प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जानकारी दिएको छ ।