२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मन्त्री ठकुरीसँग कोलम्बिया राजदूतको भेट

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कोलम्बियाका राजदूत भिक्टोर हुगो इचेवेररी जरमिल्लोले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र कोलोम्बियाबीचको ३६ वर्ष देखिको कूटनीतिक मित्रवत् सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री ठकुरीले कोलम्बिया सरकारले जैविक विविधता महासन्धिको १६औँ सम्मेलन आयोजन गर्न लागेकामा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे । “कोलोम्बियाको घना जंगलबारे मैले पनि धेरै कुरा सुनेको छु,” मन्त्री ठकुरीले भने, “हामीसँग पनि प्राकृतिक स्रोतहरू पहाड, वनजंगल रहेका छन् ।”

उनले नेपालमा २४ प्रतिशत संरक्षित क्षेत्र २४ हजार वन उपभोक्ता समिति वन र जैविक विविधता संरक्षण जुटेको बताउँदै बाघ, गैँडा, हात्तीजस्ता ठूला जनावर हिमाल र जंगल हाम्रो संरक्षणको प्राथमिकता रहेको र यिनीहरूलाई पर्यटनको प्रमुख आधार बनाउन चाहेको उल्लेख गरे ।

मन्त्री ठकुरीले जैविक विविधता संरक्षणका रणनीति र योजनाको संरचनामा छलफल गर्न आवश्यक रहेको उल्लेख गर्दै विकासशील र अल्पविकसित देशले जैविक विविधतामा आश्रित समुदायका बारेमा ध्यान दिनुपर्नेमा जोड दिए।