२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुर्खाको सम्पत्ति जोगाउनु सरकार र नागरिक दुवै पक्षको दायित्व हो : उपप्रमुख डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यँयाः (इन्द्रजात्रा) शुभारम्भका अवसरमा शिव पार्वती डबलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । डबली पुनरुत्थान कार्यक्रमअन्तर्गत लोकल्स काठमाडौँसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन, ‘जात्रा र पर्व सञ्चालन हुने ठाउँ र विधि, सञ्चालन गर्ने समुदाय, यससँग सम्बन्धित खानपान, रीतिथिति, परम्परा, गायन, वादन, नृत्य तथा शृङ्गार बचाउने र पुस्तान्तरण गर्ने जिम्मेवारीलाई प्राथमिकतामा राखेर निर्वाह गरिरहेका छौँ ।’ त्यस क्रममा उनले काठमाडौँ क्रियटिभ सिटीज नेटवर्क (रचनात्मक सहर सञ्जाल) को सदस्य भएको उल्लेख गर्दै कला, साहित्य र सिर्जनालाई रचनात्मक उद्योगका रूपमा विकास गर्न सकिने बताइन् ।

‘सामाजिक, सांस्कृतिक क्रियाकलापहरू, नाटक, गायन तथा वादन प्रस्तुत गर्न पुर्खाहरूले प्रयोग गरेका मञ्चहरू डबली हुन् । हाम्रा पुर्खाहरू भविष्य द्रष्टा थिए । यस कारण एक दिन, एक छिन वा एउटा समयका लागि मात्र होइन । आफ्ना सन्तानहरूले समेत प्रयोग गर्न सकुन् भनेर स्थायी र स्थापित संरचनाका रूपमा डबली बनाएर नासोका रूपमा छोडेका छन् ।’ कार्यक्रममा सम्पादन तथा पर्यटन समितिका संयोजक आशामान सगतले भने, ‘जहाँ, जसरी संस्कार चल्थे, त्यही अनुरूप चल्नु पर्छ । जसले चलाउने गरेका थिए । उनीहरूले चलाउने वातावरण मिलाउनु पर्छ । हामीले त्यसैको प्रवर्धन गरिरहेका छौँ ।

‘दवू (डबली) खुला क्षेत्र हुन् । यस्ता संरचना प्रायः चौबाटो, दोबाटो, चुक, ननीहरुमा देवस्थल, तीर्थस्थल तथा अन्य धार्मिक तथा सांस्कृतिक क्रियाकलाप हुने स्थानमा पाइन्छन् । यो महत्वलाई प्रवर्धन गर्न सांस्कृतिक कार्यक्रम सञ्चालनलाई महत्त्व दिएका छौँ ।’ उनले भने ।

आधुनिकताले च्याप्दै ल्याएपछि व्यक्तिहरूमा सोच परिवर्तन हुन थाल्यो । विकासको पद्धति र जीवन सञ्चालनका परिभाषा र बुझाइहरूमा परिवर्तन आयो । यसबाट पुर्खाले छोडेका सम्पत्तिको दुरुपयोग बढ्यो । यसको प्रत्यक्ष असर डबलीमा पर्‍यो । सार्वजनिक डबलीलाई व्यक्तिगत बनाउन थालियो । बिग्रिएका डबली बनाउनमा ध्यान गएन । यस कारण त्यस क्षेत्रमा सञ्चालन हुने धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधि हुन छाडे । यो अवस्थालाई पूर्ववत् सञ्चालनमा ल्याउनु पुनरुत्थान कार्यक्रमको लक्ष्य हो ।

सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान भने, ‘हरेक डवू, नेपाल मण्डलको पहिचानसँग कहीँ न कहीँ जोडिएकै छन् । यो अवस्थालाई पुनरुत्थान गर्न काठमाडौँ महानगरपालिकाले रिभाइभ दवु अर्थात् डबली पुनरुत्थानको कार्यक्रमलाई महत्त्व दिएर अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस