२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धकाली मन्दिर ओझेलमा

अ+ अ-

सङ्खुवासभा । चैनपुर नगरपालिका-३ स्थित सिद्धकाली मन्दिर प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजा अर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन  त्यहाँ पुग्ने गरेका छन् ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार अभावमा यो मन्दिर अहिले ओझेलमा छ । चिताएको मनोकामना पूरा हुने विश्वासका साथ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् । यसको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पुजारी ओमबहादुर पुरीले बताए।

चैनपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर चर्चित र पवित्र स्थान हो । यस मन्दिरले धार्मिक, ऐतिहासिक, प्रसिद्ध तथा सांस्कृतिक महत्त्व बोकेको छ । बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुई पटक ठूलो मेला लाग्ने गरेको छ । भक्तजन  आफ्ना कूलपितृको सम्झनामा सतबिज छर्नका लागि समेत यहाँ पुग्ने गरेका छन् । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ छ । सिद्धकाली मन्दिरको दर्शन गरे मनले सोचेका इच्छा-आकांक्षा पूरा हुने विश्वास रहेको पुजारी पुरीले बताए।

सतीदेवीको दाहिने आँखा पतन भएको सिद्धकाली मन्दिर दर्शन गर्न नेपालका विभिन्न स्थान र भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् । नेपालकै चर्चित प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको पुजारी बताउँछन्  । यो स्थानलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

चैनपुरमा व्यापारको सम्भावना देखेर काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट समेत व्यापार-व्यवसायका सिलसिलामा नेवार समुदाय यहाँ चैनपुर बसोबास गरेको थियो । चैनपुर नगरपालिका ‘चन्द्रपुर’ भन्ने धार्मिक ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर रहन गएको पुजारी रत्ननाथ महन्तले बताए। चैनपुरका शिल्पकारले बनाएका धातुको करुवा चैनपुरको अर्को महत्त्वपूर्ण पहिचान हो ।