अब अदालतमा पनि ‘टीएमएस’ नचल्ने  « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अब अदालतमा पनि ‘टीएमएस’ नचल्ने 


२८ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले पनि शुक्रबार एक सूचना जारी गर्दै उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयमा टीएमएस नचलाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो ।

२३ भदौमा सरकारले सबै सरकारी तथा सार्वजनिक निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सरकारको सोही सूचनाको आधारमा अदालतमा समेत टीएमएस नचल्ने व्यवस्था गर्न सर्वोच्च अदालतले निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस