काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी गर्न थालेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तत् तत् निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरेको छ ।
उक्त प्रयासलाई सार्थक बनाउन सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक भएको भन्दै मन्त्रालयले यस सम्बन्धमा केही सूचना भए जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।