२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो ।

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन भएको छ ।

आगामी असोज २, ३ र ४ गते प्रदेशमा विविध कार्यक्रम आयोजना गरिने छ । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको छ ।

यसैगरी, असोज ३ गते संविधान दिवसको मूल समारोह कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभात फेरी गरिने र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने जनाइएको छ । असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाको समन्वयमा वृक्षारोपण गरिने छ ।

प्रतिक्रिया दिनुहोस