राजेन्द्र लिङ्देनले भने-कार्यकर्ता भर्ती गर्न उपसभामुख हटाउन खोजिँदै छ « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राजेन्द्र लिङ्देनले भने-कार्यकर्ता भर्ती गर्न उपसभामुख हटाउन खोजिँदै छ


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको टिप्पणी गरेका छन् ।

मंगलबार झापामा आयोजित एक कार्यक्रममा उनले नेपाली काँग्रेस र नेकपा एमालेसहितका सत्तारुढ दलहरू संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाउने तयारीमा लागेको बताएका हुन् ।

‘काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अप्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअभियोग लगाउनुपर्‍यो भनेर भनिरहेको छु अध्यक्ष लिङ्देनले भने ।

उनले अगाडि भने, ‘देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरू सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् ।’ अध्यक्ष लिङ्देनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस