काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काँग्रेस एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदबाट प्रधानमन्त्री छान्ने व्यवस्था देशले नधान्ने बताए । उनले भने, ‘दुई तिहाइको तपाईँहरूले सरकार बनाउनुभएको छ, तपाईँहरूको साँच्चै हिम्मत र देश बनाउने उद्देश्य छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔँ ।
संविधान संशोधन गर्ने पनि भन्नुभएको छ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ अहिलेका प्रधानमन्त्री र दलका नेतासँग हामी लड्छौँ चुनाव। देशभरिका जनताले भोट हालेर हेरौँ ।’ उनले सदनले प्रधानमन्त्री र मन्त्री छान्ने नभई कानून बनाउने ठाउँ बनाउनुपर्ने बताए ।