प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत


२४ भाद्र २०८१, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को सोमवार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । विभिन्न दफा र उपदफाहरूमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको हो ।

२०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो । प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रदेश सभामा ऐन संशोधनको विधेयकको प्रस्ताव दर्ता हुनेछ । आगामी प्रदेश सभा बैठकमा ऐन संशोधन प्रस्ताव पेश हुने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस