राहत कोषमा जुट्न थाल्यो रकम « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राहत कोषमा जुट्न थाल्यो रकम


२३ भाद्र २०८१, आइतबार


झापा । विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न  बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले संघले रु. एक करोडको अक्षयकोष बनाउने  निर्णय गरेको थियो । संघमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । संघका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु. एक लाख ११ हजार एक सय ११ दाखिला गरेको संघका अध्यक्ष राजु न्यौपानेले बताए। 

 हालसम्म रु. आठ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए। “कार्यालयमा आएर कतिपयले सहयोग गरी रहनुभएको छ”, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, “पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरू यति बेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयो भने कोषमा रु. एक करोड सहजै जुट्नेछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस