१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा तिन दिन निजामती सेवा दिवस मनाइने 

अ+ अ-

डोटी । डोटीमा निजामती सेवा दिवस मनाइने भएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी तिन दिन दिवस मनाइने भएको हो ।  

दिवसको अवसरमा शुक्रवार जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले आफ्नो कार्यालय परिसर सरसफाइ गरी सिलगढी बजार जिल्ला प्रहरी कार्यालय देखी शैलेश्वरी मन्दिर सम्म बृहत् सरसफाइ गरिएको छ । 

साथै निजामती कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको निजामती सेवा दिवस जिल्ला समारोह समिति डोटीका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । 

दिवस समारोह अन्तरगत दोस्रो दिन शनिवार बिहान प्रभात फेरी गरिने छ । त्यस्तै जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनुका साथै जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । 

दिवसकै अवसरमा जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत सेवा निवृत्त हुन लागेका कर्मचारीहरूलाई सम्मान गरिने समेत आयोजकले जनाएको छ । 

दिवसको तेस्रो दिन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई स्वागत गरेर सेवा सुचारु गरिने र तिनै दिन साँझको समयमा सबै कार्यालयहरूमा दीप प्रज्वलन गरिने प्रजिअ अर्यालले बताए । 

दिवस समारोहको पूर्व सन्ध्यामा आयोजित बृहत् सरसफाइ तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता जिल्ला स्थित सबै सरकारी कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगिता सिलगढी स्थित टुडीखेलमा सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस