काठमाडौँ । मान्डु हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २१३ औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबर कम्पनीले नगद लाभांश दिने छ । सो लाभांशमा कानुबमोजिम कर कटौती हुने कम्पनीले जनाएको छ ।
लाभांशका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोजको मिति तय गरेको छ । भदौ ३० गतेसम्म सेयर होल्ड वा खरिद गरेकाहरूले साधारण सभामा भाग लिन तथा नगद लाभांशका लागि हकदार हुनेछन् ।







