२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको छ : गृह मन्त्री लेखक

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । गृह मन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताएका छन् । 

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली काँग्रेसले आज आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताए । 

“बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार उठाउने काम भइरहेको छ,” गृह मन्त्री लेखकले भने, “द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनः सञ्चालन गर्नका लागि पहल भइरहेको छ ।” उनले भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भए पनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको बताए । 

“जुन ठाउँमा भन्सारको कार्यालय छ, जग्गा छ ती छोटी भन्सारलाई सञ्चालन गरौँ भनेको छु”, उनले भने, “यहाँमात्रै नभई द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय सञ्चालनका लागि लागिरहेका छौँ ।”

मन्त्री लेखकले देशमा स्थायी सरकार निर्माण गरी सुशासन कायम राख्न दुई ठुला दल मिलेको बताउँदै एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे । 

“तीन/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो समीकरण बनेको हो,” लेखकले भन्नुभयो, “मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठुला दल मिलेका हौँ ।” 

उनले देशमा हरेक परिवर्तनमा दुई ठुला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।

प्रतिक्रिया दिनुहोस