महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको काटियो बिजुली  « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको काटियो बिजुली 


१८ भाद्र २०८१, मंगलबार


काठमाडौँ । दुई दशकदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु मन्दिर र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ ।

प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार र तलेजु मन्दिरमा २३ लाख १८ हजार रुपैयाँ बक्यौता छ ।

यसमध्ये तलेजु मन्दिरमा २०६० साल र चाँगुनारायण मन्दिरमा २०६३ सालदेखिको बक्यौता रहेको बर्ताइएको छ ।

मन्दिरमा अन्यत्रै दिनेभन्दा कम दरमा बिजुली पठाउने गरिन्छ । सोहीकारण यो बक्यौतामा ठूलो मात्रामा बिजुली उपयोग भएको छ ।

बिजुली काट्नु अगाडि प्राधिकरणले मन्दिरको बिजुली बक्यौताको स्वामित्व लिन पटक-पटक स्थानीय सरकार, स्थानीय प्रशासन र गुठीदेखि पुरातत्त्व विभागसम्म पहल गरेको जनाएको छ । तर, कुनै पनि निकायले यसको स्वामित्व लिन नमानेपछि बाध्य भएर लाइन काट्नु परेको प्राधिकरणको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस