काठमाडौँ । प्री-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.१६ अंकले बढेर २८३४.४२ विन्दुमा पुगेको हो।
यो सेसनमा ८० वटा स्क्रिप्सको २६ हजार २१८ कित्ता सेयर १ करोड ८६ लाख ८ हजार ८९१ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ५९ स्टक्सको मूल्य बढ्दा १३ वटाको घट्यो भने बाँकी पाँच वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।