पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण मन्त्री पाण्डे « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण मन्त्री पाण्डे


१७ भाद्र २०८१, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढंगले लाग्ने बताएका छन् ।

आज आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

“मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ”, उनले भने, “पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र पनि प्रभावकारी हुनु पर्छ ।”

मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै हवाई सुरक्षा अभिवृद्धिमा सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी र्दिए । हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको उनले बताए ।

फरक प्रसंगमा मन्त्री पाण्डेले वर्तमान सरकार २०८४ सम्मै रहने विश्वास व्यक्त गरे । आवश्यकताअनुसार अन्य दललाई समेत साथमा लिएर अघि बढ्ने उनको भनाइ थियो । कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले टानलाई व्यवसायमैत्री बनाएर पदमार्गको संरक्षण प्रवर्द्धनमा जोड दिए । टानको नयाँ नेतृत्वका लागि आकांक्षीहरुले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षका दुई आकांक्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे समूहगत रूपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।

टानका महासचिव विनोद सापकोटाका अनुसार नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान जारी रहेको छ । साँझ ६ बजेसम्म मतदान हुनेछ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस