२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो सिफारिसमा निर्देशिका उल्लंघन नभएको प्रस्तावित राजदूत शर्माको जिकिर 

अ+ अ-

काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले आफ्नो सिफारिसमा निर्देशिका उल्लंघन नभएको जिकिर गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा शर्माको सिफारिसमा राजदूत सिफारिस निर्देशिका उल्लंघन भएको भन्दै उजुरी परेको थियो । आइतबार सुनुवाइका क्रममा शर्माले यो आफूले भन्दा सरकारले जवाफ दिने विषय भएको बताए । यद्यपि सार्वजनिक रूपमा पनि प्रश्न उठेकाले आफ्नो बुझाइ राख्ने बताए ।

उनका अनुसार सार्वजनिक रूपमा प्रश्न उठेपछि निर्देशिका पढेका थिए । निर्देशिकाको दफा ८ मा राजदूतको पदावधि चार वर्ष तोकिएको छ भने दफा २१ मा अर्को पदावधिको निरन्तरता हुने गरी पुनः नियुक्त गरिने छैन भनेको छ ।

शर्मा भारतका लागि निवर्तमान राजदूत पनि हुन् । २ वर्ष ४ महिना भारतका लागि नेपाली राजदूत भएका शर्मालाई प्रचण्ड सरकारले २४ जेठ २०८१ मा फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यसपछि पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीको नाम सिफारिस गर्‍यो । तर संसदीय सुनुवाइ नहुँदै सरकार फेरियो, अनि भारतका लागि राजदूतमा शर्मा नै सिफारिस भए । यसमा उठेको प्रश्नमा शर्माले संसदीय समितिमा भने, ‘म त पुरा पदावधिमा बसेको छैन । अहिले राजदूत पनि होइन ।’

आफूलाई एउटा सरकारले नियुक्त गरेको, अर्कोले फिर्ता बोलाएको र तेस्रोले नियुक्ति सिफारिस गरेको भन्दै उनले अगाडि भने, ‘म त पूर्व राजदूत हो, अनइम्प्लोइड (बेरोजगार) ।’

यदि निरन्तरता मात्र दिएको भए आफू सुनुवाइ प्रक्रियामा नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस