चितवन । रुख ढल्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक सुचारु भएको छ ।
भरतपुर महानगरपालिका-१ आँपटारीमा रुख ढलेर बिहानबाट अवरुद्ध सडक केही समय अघिबाट सञ्चालनमा आएको हो । रुख पन्छाएपछि सडक दुईतर्फी रूपमा सुचारु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।