१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाज ग्राउन्डेडका विषयमा निगमका अध्यक्षलाई र्‍याख र्‍याख्ती, विकल्प खोज्ने चेतावनी ?

अ+ अ-

काठमाडौँ । नेतृत्वको गैरजिम्मेवारीपनका कारण नेपाल वायुसेवा निगम थिलोथिलो छ । अन्तर्राष्ट्रिय उडानका जहाज ग्राउन्डेड छन् भने निगम अर्बौँ घाटामा छ ।

व्यवस्थापकीय कमजोरीका कारण निगम अन्तर्राष्ट्रिय उडानमा जहाजविहीन अवस्थामा पुगेको हो । राष्ट्रिय ध्वजावाहक निगमको कमजोर अवस्था सुधार गर्न सरकारले समेत पहल नगरेको गुनासो छ । 

जहाज ग्राउन्डेड र सचेतकका लागि गएको जहाज समयमा नआएको विषयमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र निगमका अध्यक्ष युवराज अधिकारीसँग छलफल गरेको छ । छलफलमा सांसदहरूले निगम नसुध्रेको विषयमा अध्यक्ष अधिकारीलाई र्‍याख र्‍याख्ती पारे । अध्यक्ष अधिकारीले दिएको जवाफमा सांसदहरूले चित्त पनि बुझाएनन् ।

अर्को बैठकमा कमिटमेन्ट लिएर आउन अधिकारीलाई सचेत गराउँदै विकल्प खोज्न सकिने चेतावनी दिए । निगमको चारवटै जहाज कहिले उड्छन् ? नत्र भने मेरो टिमले राजीनामा दिन्छ भनेर अध्यक्षबाट कमिटमेन्ट आउनुपर्छ सांसदहरुको भनाइ छ ।

सांसद एनपी साउदले कुन कुन कारणले जहाज उडाउन समस्या भएको हो त्यसबारे स्पष्ट पार्नुपर्ने, तर बैंकिङ च्यानल, प्राविधिकपक्ष जस्ता विषय देखाएर गोलमोटोल गर्न नहुने बताए । उनले समितिले नेपाल एयरलाइन्सको विषयमा छलफल सुरु गरेपछि यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए । समग्र कागजात मगाएर मात्र यसबारे थप स्पष्ट हुने हुने उनको भनाइ छ ।

सांसद शिशिर खनालले जहाजको हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको विषय सञ्चारमाध्यममा आएको भन्दै यसको वास्तविकता स्पष्ट गर्न माग गरे । उनले यसमा सत्यता भए यो अत्यन्तै गैरजिम्मेवारपूर्ण कार्य भएको बताए । छानबिन समितिले निगम नेतृत्वको अनियमितता उजागर गरेको र रिर्पोटले औँल्याएका विषयहरू कारबाहीमा नभएको बताए । निगमका पदाधिकारीहरू विभिन्न रिर्पोटले देखाएका निगमका कमजारीहरु सुधारमा लाग्नुको साटो विदेश भ्रमणमै रमाएको सांसद खनालले बताए ।

सांसद उदय शमशेरजबराले नेपाल एयरलाइन्ससँग चारवटा जेट (जहाज) रहेकोमा आजको दिनमा चारवटा मध्ये ७५ प्रतिशत जहाज ग्राउन्डेड रहेको बताए । ‘कुनै एयरलाइन्समा ७५ प्रतिशत नचल्ने जहाज नचल्ने भन्ने पनि कहीँ हुन्छ’, उनको प्रश्न छ । उनले रिपियर/मेन्टेनेन्शको निम्ति गएका जहाज लामो समयसम्म नआउनुको कारण के हो यसबारे निगमले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए । ‘सिचेकको लागि गएको जहाज २८ दिनमा फर्किनुपर्नेमा ५५ दिनसम्म पनि फर्केको छैन,’ उनले भने, ‘यस्तो किन हुन्छ ? पटक-पटक यस्तै भएको छ । हामीले बुझेनौँ, एक पटक हामीलाई बुझाउनु प¥यो ।’

निगमका अध्यक्षलाई प्रश्न गर्दै उनले भने, ‘तपाईँ अध्यक्ष भएदेखि नेपाल एयरलाइन्समा झण्डै १० अर्ब घाटा भएको रहेछ, कसरी यति धेरै घाटा भयो ?’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री समेत रहेका सांसद सुदन किराँतीले आफ्नो १३ महिने कार्यकालको अनुभव सुनाउँदै निगमभित्र नै समस्या रहेकोले राम्रोसँग चेकजाँच गरेर शल्यक्रिया गर्न नसके जीवनभर नै टालटुल गरिरहनु पर्ने बताए । उनले भने, ‘नीतिगत र संरचनागत सुधारमा हामी छिटो भन्दा छिटो जानु पर्छ । अन्यथा ढिलो हुन्छ ।’ नीतिगत र संरचनागत त्रुटि रहेको र त्यो समयानुकूल नरहेको उनको भनाइ छ । 

उनले भने, ‘नीतिगत र संरचनागत सुधार नगरी नटबोल्ट, चक्का, तार, इन्जिनमा छलफल गरेर निगमको सुधार हुँदैन, हामी सही ठाउँमा पुग्न सक्दैनौँ ।’ निगम व्यवस्थापन बारे पटक-पटक अध्ययन भएको बताउँदै उनले भने, ‘निगम व्यवस्थापनका सम्बन्धमा म मन्त्री हुँदा पनि अध्ययन भएको छ । अहिलेसम्म १० पटक अध्ययन भए होला छ । तर, अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति छैन ।’ निगममा काम गर्ने प्रवृत्ति नभएको उनको भनाइ छ ।

सांसद सुनिता बरालले समितिमा प्राविधिक भन्दा पनि नीतिगत विषयमा छलफल हुनुपर्ने बताइन् । उनले २ वर्षअघि र अहिले पनि निगमकै विषयमा कुरा गरिरहेको र कुनै सुधार नआएकोमा असन्तुष्टि पोखिन् ।

बरालले राजनीतिक दललाई देखाएर गलत काम गर्न नहुने बताइन् । ‘२ वर्षदेखि एउटै विषयमा कुरा गरिरहेका छौँ । राजनीतिक आस्था देखाउँदैनौँ भनेर पहिलो बैठकमा भनेका थियौँ । अध्यक्षज्यूले भन्नुपर्‍यो, राजनीतिक दबाब छ भने हामी व्यवस्थापन गर्छौँ । होइन भने किन काम भएन ?,’ उनको प्रश्न थियो, ‘तपाईँले निर्वाह गरेको जिम्मेवारीको दायित्वको जबाफदेहिता राजनीतिक दललाई देखाएर कहिलेसम्म पन्छी राख्ने भन्ने कुराको जवाफ हामीलाई कसले दिन्छ ?’ तीनवटा जहाज ग्राउन्डेड भएको अवस्थामा हाइसन्चोका साथ टिप्पणी गरेर उम्कन निगमलाई नसुहाउने उनको भनाइ छ ।

सांसद दामोदर पौडेलले नेपाल नागरिक उड्यन प्राधिकरण र वायुसेवा निगमले विश्वसनीयता गुमाएको टिप्पणी गरे । नेपाल वायुसेवा निगमको जहाज चढ्न कहिले पाउने भन्दै उनले भने, ‘विश्वसनीयता गुमेकोमा सचेत हुनुपर्‍यो । काम गराइमा तदारुकता देखिएन । एक वर्ष अघिकै कुरा अहिले पनि दोहोरियो । जहाज चल्छ कि चल्दैन ? चल्दैन भने हामी अर्को ल्याउँछौँ ।’

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पेस गरेको पत्रमा उनको असन्तुष्टि थियो । उनले प्राधिकरण र निगमका विषयमा छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गर्नुपर्ने सुझाए । उनले समितिमा मन्त्रीले जवाफ दिनुपर्ने र निगमले मन्त्रीलाई रिपोर्टिङ गर्नुपर्ने बताए ।

सांसद देवीप्रकाश भट्टचनले विगतमा जहाज २१ दिनमै सिचेक गरेर आएकोमा अहिले किन ढिलो भएको भन्दै प्रश्न गरे । सरकारी हवाई संस्थामा एयरक्राफ्टको समस्या किन आएको र निजी विमान कम्पनीमा किन नआएको उनको प्रश्न छ ।

‘एयरक्राफ्ट सरकारले चलाउँदा चल्न नसक्ने निजीले चलाउन सक्ने ? हिमालय एयरक्राफ्टमा कुनै समस्या आएको छ ? किन नेपाल एयरलाइन्स मा समस्या आइरहेको छ ?,’ उनले भने, ‘अब हामीले हिमालय एयरलाइन्सलाई जिम्मा दिने हो कि ?’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री समेत रहेका सांसद हितबहादुर तामाङले मन्त्रालय र निगमबीच विश्वासको समस्या भएको बताए । निगम सुधारका लागि समिति बने पनि त्यसको राम्रोसँग अध्ययन गर्न नपाउँदै मन्त्री फेरिने गरेको उनको भनाइ छ । 

‘निजी कम्पनीले जहाज संख्या दुईबाट चार, चारबाट आठ वटा बनाउँदै लगेका छन् । तर, सिंगो राज्य संयन्त्र जोगाउन लाग्दा पनि सरकारी राष्ट्रिय ध्वजावाहक वायुसेवा धराशायी हुँदै जाने ?’ तामाङले भने, ‘सानोतिनो अपरेसनले पुग्दैन । राम्रै अपरेसन गर्नुपर्छ । आवश्यक हो भने संसदीय समिति बनाऊँ । चासो चिन्ता भनेको रक्षा गर्ने हो ।’

सांसद पशुपति शमसेरजबराले एउटा वाइडबडी जहाजले समग्र उडान गर्न सम्भव नभएको बताए । उनले निगमलाई निजीकरण गर्न प्रस्ताव गरे । 

‘एउटा वाइड बडी जहाजले अन्तर्राष्ट्रिय उडान भर्न सम्भव छैन । अर्को जहाज किन्ने पैसा सरकारसँग छैन । सरकारबाट यो सम्भव छैन । हिन्दुस्तानमा टाटालाई जिम्मा दिइएको छ,’ उनले भने, ‘धेरै पुँजीको आवश्यकता पर्छ । यो कुरा चलाउने निजी कम्पनीले हो । यसको हल निजीकरणबाट हुन्छ । निजीकरण गर्न मन लाग्दैन होला । हामी भन्दा ठूलो देशले एअर इन्डियालाइ निजीकरण गर्न हुने भने हामीले गर्न किन नहुने ?’

सांसद प्रेम सुवालले त्यसको ठाडै विरोध गरे । उनले निजीकरण गर्नै नहुने बताए । ‘हामीले सिंहदरबार चलाउन सकेनौँ भनेर सिहंदरवार नै बेच्न त भएन नि,’ उनले भने । सरकारले नागरिकलाई सेवा सुविधा दिनुपर्नेमा सबै निजीकरण गर्न नहुने उनको भनाइ थियो । 

सांसद धवलशमशेर राणाले ठूलो अपरेसन नगरेसम्म निगममा सुधार नआउने बताए । नसक्ने भए हात उठाउन उनले भने । ‘हामी र थाइल्यान्डले एकै दिनमा सुरु गरेको हो । आज उसका ४ सयवटा जहाज छन्, हाम्रा चारवटा मात्र । कति दिन पछि चारवटै उड्छन् भनेर लेखेर दिनुस् । उडेनन् भने म छोड्छु भन्नुस्,’ निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई उनले भने ।

पञ्चायतकालमा निगमका चार/पाँचवटा जहाज र ८/१० वटा ट्विनअटर रहेकोमा अहिले एउटा जहाज मात्र रहेकाले यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि जबराको थियो ।

सांसद एकनाथ ढकालले निगम आन्तरिक द्वन्द्वले धराशायी भएको बताए । ‘नीतिगत सुधार नगर्ने हो भने एयरलाइन्स विघटनतर्फ गयो,’ उनले भने । 

बैठकमा कर्मचारी तहबाट मात्र जवाफ नभएर मन्त्री पाण्डेको जवाफ खोजिएको थियो । समितिको अर्को बैठकमा आउँदा जवाफको तयारी गरेर आउन समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई भने । ‘यो भएन, त्यो भएन भन्ने भयो भने तपाईँ त्यहाँ किन बस्ने ? तपाईँ कुनै पनि बहानामा उम्किन पाउनु हुन्न,’ यादवले भने ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले आगामी बैठकमा आउँदा निगमको जम्बो टिम नलिई आउन निगम अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिए । उनले निगममा देखिएको समस्या सबैको साझा चिन्ताको विषय भएको बताउँदै यसको समाधान खोज्नुपर्ने बताए । कुनै पनि बहाना देखाएर विभागीय मन्त्री र निगम अध्यक्ष उम्कन नपाउने उनको भनाइ छ ।

समितिमा उठेकाका प्रश्नको जवाफ आगामी बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले दिने छन् । नेपाल एयरलाइन्सको गिर्दो साख, बारम्बार आइरहने समस्या बारे छलफल गर्दै निर्देशन दिने तयारी समितिको छ । 

निगमसँग रहेका जहाज र तिनको अवस्था
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले निगमसँग रहेका जहाज र तिनको अवस्थाबारे समितिलाई जानकारी गराएका थिए । 

अन्तर्राष्ट्रिय उडानका लागि २ वटा एथ्रिथ्रिजिरो, २ वटा एथ्रिटुजिरो गरी ४ वटा जहाज निगमसँग रहेको उनले बताए । सीचेकका लागि गएको नाइनएन-एएलवाइ जहाज सन् २०२४ सेप्टेम्बर अन्तसम्ममा आउने उनले जानकारी दिए ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको छलफलमा आधारित 

प्रतिक्रिया दिनुहोस