काठमाडौँ । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकालसहित ६ जना उच्च अधिकृतहरूले अदालतमा रिट दर्ता गराएका छन् । उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार एआईजी ज्ञवाली सहितका अधिकृतहरूको रिट दर्ता गरिएको हो । दर्जागत उमेरका कारण अवकाश रोक्न माग गरेर रिट हाल्नेमा दुईजना एआईजी, डिआइजीहरू केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेल छन् । त्यस्तै इन्स्पेक्टर नागेन्द्र ठाकुरले पनि रिट दायर गरेका हुन् ।