काठमाडौँ । साफ यू-२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध दुई अग्रता लिएको छ ।
खेलको ५५ औँ मिनेटमा बंगलादेशले दोस्रो गोल गरेको हो । उसका लागि मिराजुलल गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए ।
डि बक्स बाहिरबाट पाएको क्रिकिकमा उनले सोझै गोल गरेका हुन् । दोस्रो गोलमा भने उनले गोललाइनबाट हेड गरेका थिए ।