२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिमस्टेक शिखर सम्मेलन स्थगित

अ+ अ-

काठमाडौँ । थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अचानक स्थगित गरिएको छ ।

भदौ १८ र १९ मा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित भएकोबारे थाइल्याण्डले सदस्य राष्ट्रहरूलाई पत्र पठाएर जानकारी गराएको छ । तर स्थगित सम्मेलनको नयाँ मिति भने तय भइसकेको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डले तोकिएको समयमा सम्मेलन नहुने भनेर जानकारी गराए पनि सम्मेलनको अर्को मिति उल्लेख छैन । थाइल्याण्डमा परिवर्तित राजनीतिक घटनाक्रमका कारण सो सम्मेलन स्थगित भएको भनिएको हो ।

सो सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जाने तयारी भइरहेको थियो । सम्मेलन स्थगित भएसँगै ओलीको भ्रमण कार्यक्रम पनि रद्द गरिएको छ । अब प्रधानमन्त्री ओली अमेरिकामा हुने युएनको महासभामा भाग लिन जाने तयारी भइरहेको छ ।