२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

अ+ अ-

म्याग्दी । मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । 

गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो । 

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको रु १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाइ भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष निकेश शेरचनले बताए । 

“विसं २०५५ मा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएको थियो”, उनले भने “आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट खेलमैदानलाई व्यवस्थित र पूर्वाधार तयार पारेर प्रयोगमा ल्याइएको छ ।”

एक सय १५ मिटर लामो र ७० मिटर चौडाइ भएको खेलमैदानको सेभेन ए साइडको मापदण्ड अनुसारको भागमा माटो र बालुवा मिसाएर  निर्माण गरिएको छ । डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्वार निर्माण गरिएको अध्यक्ष शेरचनले बताए । 

जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लब र विभिन्न सङ्घ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । 

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जिल्ला सदरमुकाममा व्यवस्थित खेलमैदानको आवश्यकता महसुस गरेर प्रदेश सरकारबाट योजना भित्र्याइएको बताए । गण्डकी प्रदेश सरकारले गत आवमा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत २५ वटा खेलमैदान योजना कार्यान्वयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस