काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठकमा मन्त्री पौडेलले बजेट र कार्यक्रम बनाउँदा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न तयार रहेको भन्दै काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका हुन् ।
तिनै तहले आ-आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्था रहेको उनले बताए । ‘हामी सबैभन्दा बढी प्रस्ताव क्याबिनेटमा लैजाने मन्त्रालयका रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विकास गर्न चाहन्छौँ,’ उनले भने, ‘सहकार्यका सकेसम्म धेरै प्रस्ताव ल्याउन प्रदेश तथा स्थानीय तहसँग आग्रह गर्छु ।’