१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरबाट उन्नाइस हजार बढीले लिए सवारी चालक अनुमति पत्र

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमति पत्र लिएका छन् ।

कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमति पत्र दिन सुरु गरेको थियो । उनीहरूले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमति पत्र लिएका हुन ।

कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमति पत्र प्रदान तथा नवीकरण गर्दै आएको छ । सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमति पत्र नवीकरण गरेको उनले बताए । यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जिप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस-ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमति पत्र दिइने गरिएको छ ।

उनले भने, ‘यहाँबाट अत्यधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमति पत्र लिने गरेका छन् ।’ यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने गरेको उनले बताए।

अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ । सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् । कार्यालयले गत आर्थिक वर्षमा ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस