२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जन गराउने देउवाको तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन उपर पदाधिकारीहरूसँग छलफलको तयारी गरेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर महामन्त्रीद्वयको उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो । महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘काँग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । यस्तै महामन्त्री विश्वप्रकाश शर्माले ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने’ प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन् ।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।

तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवा सहित संस्थापन पक्ष छ । चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ । सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको हो ।

प्रतिवेदनमा परिमार्जन गराउने उद्देश्यसहित देउवाले पदाधिकारीमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस