काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकलाई धम्क्याउनेलाई कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध गरेकी छन्।
आज बिहान शिक्षा मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताउँदै कारबाही गर्न गृहमन्त्रीलाई आग्रह गरेकी हुन्।
सामाजिक सञ्जाल एक्स ट्विटरमा भट्टराईले लेखेकी छिन्,‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ।’ ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।
उनले थपेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको उनको भनाई छ।

