२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्न सर्वोच्च अदालतद्वारा १० सदस्यीय कार्यदल गठन 

अ+ अ-

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल बनाउन १० सदस्यीय कार्यदल गठन गरेको छ । 

अदालतले ‘सो मोटो’ (स्वतः संज्ञानका रूपमा लिएको मुद्दाको सुनुवाइका क्रममा प्रधान न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको तीन सदस्यीय इजलासले यस्तो घटना नदोहोरिन राज्य सरकार पनि गम्भीर हुनुपर्ने बताएको छ । ‘महिलाहरू जतिजति काममा सक्रिय हुँदै गएका छन्,‘देशले भुईंतहमै सबै कुरा सुधारका लागि अर्को बलात्कार पर्खन सक्दैन,’ इजलासले भनेको छ ।

दुई साताअघि पश्चिम बंगालको कोलकातामा एक महिला चिकित्सकको बलात्कार र हत्या प्रकरणपछिको सो मोटोको सुनुवाइका क्रममा अदालतले आन्दोलनरत चिकित्सकहरूलाई सर्वोच्च अदालतप्रति विश्वास गर्न र काममा फर्कन पनि आग्रह समेत गरेको छ ।

कोलकातास्थित आरजी कर कलेज अफ मेडिकल कलेजको अस्पतालमा ३६ घण्टाको ड्युटीपछि आराम गर्न गएकी ३१ वर्षीय महिला चिकित्सकको अप्रिल ९ मा बलात्कारपछि हत्या भएको थियो । अदालतले घटनापछि एफआईआर दर्ता गर्न गरिएको ढिलाइ र मेडिकल कलेजका प्राचार्यलाई कलेजमा हतारमा गरिएको नियुक्तिका विषय पश्चिम बंगाल सरकार र आरजी कर अस्पतालका पदाधिकारीमाथि प्रश्न गरेको छ ।

सर्वोच्च अदालतले सीबीआईसँग घटनाको अनुसन्धानको रिपोर्टसमेत माग गरेको छ । त्यस्तै, आरजी कर अस्पतालमा भएको तोडफोडको विषयमा पनि पश्चिम बंगाल सरकारसँग विस्तृत विवरण माग गरेको छ ।

घटनाको दुई दिनपछि राजीनामा दिएका कलेजका पूर्वप्राचार्य डा. सन्दीप घोषलाई कोलकाता नेसनल मेडिकल कलेज एन्ड हस्पिटल ९सीएनएमसीए० मा नियुक्त गरिएको थियो । तर त्यसलगत्तै कोलकाता उच्च अदालतले उनलाई लामो बिदामा बस्न आदेश दिएको थियो । मुद्दाको अर्को सुनुवाइ अगस्ट २२ मा हुँदै छ ।