३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका लुम्बिनी महामन्त्रीसँग अनुशासन समितिले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालसँग स्पष्टीकरण सोधेको छ ।

२०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २ का काँग्रेस उम्मेदवार देबेन्द्रराज कँडेल लगायतलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरीका आधारमा अनुशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो ।

१६ साउनमा समितिले पत्र पठाएपछि खनालले अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई स्पष्टीकरण समेत बुझाइसकेका छन् । संयोजक ढुङ्गानाले खनालको स्पष्टीकरण प्राप्त भएको जानकारी गराउँदै केन्द्रीय समिति बैठकपछि यसबारे निर्णय हुने बताए ।

खनालविरुद्ध नेपाली काँग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य उम्मेदवार २ (१) का उम्मेदवार बैजनाथ कलवार, प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ, सरावल गाउँपालिका कार्यसमितिका सभापति विनोदकुमार पाण्डेय, केन्द्रीय सदस्य विनोदकुमार चौधरी र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेलले चुनावमा असहयोग गरेको लगायत विभिन्न आरोपमा उजुरी दिएका थिए ।

उनीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विभिन्न सार्वजनिक स्थानमा कार्यकर्ताहरूलाई निर्देशन दिएको राप्रपाको उम्मेदवारलाई जिताउने कार्यमा विपक्षी दलहरूसँग निरन्तर समन्वय र बैठकहरू गरेको लगायतका आरोप उजुरीकर्ताले लगाएका थिए ।

महामन्त्री खनालले भने आरोपहरू सत्य नभएको दाबी सहित स्पष्टीकरण बुझाएको बताएका छन् । महामन्त्री खनाल पार्टीभित्र संस्थापन इतरका हुन् भने उजुरी दिनेहरू संस्थापन पक्षका हुन् ।

४ मंसिर २०७९ को चुनावमा नवलपरासी २ बाट काँग्रेस उम्मेदवार कँडेललाई हराउँदै राप्रपाका ध्रुवबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस