२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै

अ+ अ-

नयाँ दिल्ली । भारतले आज ’भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’(भिओजिएसएस)को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ’वसुधैव कुटुम्बकम’ को दर्शनमा आधारित कार्यक्रम हो। 

यो शिखर सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एकसाथ, सबैको विकास, सबैका विश्वास र सबैका प्रयास’ दृष्टिकोणको विस्तारित रूप रहेको  विदेश मन्त्रालयले यस हप्ताको सुरुमा एक विज्ञप्तिमा जनाएको थियो । 

यस सम्मेलनले विश्वव्यापी मुद्दामा आफ्नो विचार र प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका सबै राष्ट्रलाई एकसाथ ल्याउने परिकल्पना गरेको छ । 

“दिगो भविष्यका लागि एक सशक्त ग्लोबल साउथ” को नारासहित आयोजना हुन लागेको तेस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनमा विश्वलाई असर गर्ने जटिल चुनौतीहरू जस्तै द्वन्द्व, खाद्य र ऊर्जा सुरक्षा सङ्कट, जलवायु परिवर्तनको विषयमा छलफल हुनेछ । 

विदेश मन्त्रालयले हिजो ग्लोबल साउथका सबै देशलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको बताएको छ। 

शिखर सम्मेलनमा विशेष गरी ग्लोबल साउथको क्षेत्रीय विकासमा चुनौती, प्राथमिकता र समाधानका लागि छलफल जारी राख्नेछन्। 

भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनको तेस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख–सरकार तहमा हुनेछ र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन् ।

भारतले सन् २०२३ को जनवरी १२–१३  मा पहिलो र सन् २०२३ नोभेम्बर १७ मा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन आयोजना गरेको थियो ।

यस सम्मेलनका अघिल्ला दुवै संस्करणहरूमा ग्लोबल साउथका १००  भन्दा बढी देशहरूको सहभागिता रहेको थियो । 

यी दुई शिखर सम्मेलनमा विकासोन्मुख देशका नेताहरूबाट प्राप्त सुझाव र प्रतिक्रिया गत वर्ष भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलनको एजेन्डा र छलफलमा प्रतिबिम्बित भएको थियो ।  

प्रतिक्रिया दिनुहोस