काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु नौ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला रु २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।