उपप्रधानमन्त्री सिंहद्वारा काठमाडौँका नदीमा पानीको बहाब बढाउन विज्ञसँग छलफल « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपप्रधानमन्त्री सिंहद्वारा काठमाडौँका नदीमा पानीको बहाब बढाउन विज्ञसँग छलफल


३० श्रावण २०८१, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि गर्नेबारे विज्ञसँग छलफल गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञसँग छलफल गर्दै बागमती, विष्णुमती लगायत नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे राय लिएका हुन् ।

सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तीव्र पारेका हुन् ।

‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ कि भनेर सोचिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यसमा विज्ञहरूबाट राम्रा सुझाव आएका छन् । आगामी दिनमा पनि तपाईँहरूसँग बसेर अरू कार्यक्रम के-के गर्न सकिन्छ गरौँला ।’

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाब वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपन्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्ने लगायत विषयमा विज्ञहरूसँग राय लिइएको बताए ।

त्यस क्रममा विज्ञहरूले सुक्खा याममा काठमाडौँका नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताबारे आ–आफ्नो राय दिएका थिए । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रूपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका थिए भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभाव मूल्यांकन गर्नुपर्ने बताएका थिए ।

पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने लगायत विषयमा विज्ञसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए ।

‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौँ,’ उनले भने, ‘नदी सफाइ, फोहोरमैला व्यवस्थापन लगायत विषयमा नागरिकलाई पनि सहभागी गराउनुपर्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस