२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेसम्म विपद्बाट २ सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

अ+ अ-

काठमाडौँ । नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ ।

कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । गत जेठ २८ पछि मनसुनजन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।

प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ । बागमती र गण्डकी प्रदेश दुवैमा ५८/५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा एक हजार तीन सय ३३ घटना भएकामा तीन हजार ६ सय ४७ परिवार प्रभावित भएका छन् । चार सय पाँच वटा घटना भएको कोशीमा सबैभन्दा बढी एक हजार दुई सय १२ परिवार प्रभावित भएका जनाइएको छ ।

यस्तै, मधेशमा पाँच सय १३, बागमतीमा चार सय ७१, गण्डकीमा चार सय ३७, लुम्बिनीमा तीन सय २६, कर्णालीमा दुई सय ४० र सुदूरपश्चिममा चार सय ४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एक जना बेपत्ता रहेका छन् ।

अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति हो । अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो । पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रूपमा काम भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । यस वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान नै वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस