काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल नियुक्त भएका छन् ।
सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै पारवाहनको महाप्रबन्धकमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।