२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा खानेपानीको मूल्य पुरानै कायम

अ+ अ-

काठमाडौँ । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) ले अन्ततः खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता लिएका छन् ।

महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त संघर्ष समिति र मेयर साम्पाङबीच ८ घण्टा लामो छलफल र वार्तापछि महसुल वृद्धिको निर्णय फिर्ता गरिएको हो ।

दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुनर्विचार गर्ने निधो भएको छ । सहमतिको बुँदामा भनिएको छ, ‘खानेपानी महसुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई उसको जवाफ नआउन्जेल पुरानो दर महसुल यथावत राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’

दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलहरूले माग गर्दै आएका थिए । सात सदस्यीय बोर्डमा चार सदस्यको समयावधि सकिएकोले रिक्त रहेको छ । बोर्डलाई पूर्णता दिने विषय विराटनगरस्थित उच्च अदालतमा विचाराधीन मुद्दाबारे आदेश प्राप्त भएपछि निर्णय गरिने भएको छ ।

अन्तिम बुँदामा खानेपानी बोर्डको हालसम्म सार्वजनिक नभएको आयव्यय ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय गरिएको वार्तामा सहभागी नेपाली काँग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले बताए ।