काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भोलि बस्ने भएको छ । मंगलवार बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू बारे छलफल हुने छ ।
यसै गरी कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको बारे पनि बैठकमा छलफल हुन लागेको रास्वपाले जनाएको छ ।