२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमलतालमा दुर्घटना परेको एञ्जल यातायातका यात्रुको नाममा बनाइयो स्मृति स्तम्भ

अ+ अ-

काठमाडौँ । दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाएको सिमलतालमा हराइरहेका यात्रुहरूको स्मृतिमा स्तम्भ बनाइएको छ ।

एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो । जसमा वीरगञ्जबाट काठमाडौँ जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएको छ ।

असार २८ गते लेदोसहित आएको पहिरोले भरतपुर २९, सिमलतामा सडकबाट दुई वटा बस एञ्जल डिलक्स र गणपति यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो ।

तर, स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कसले स्मृति स्तम्भ बनाएको भन्ने जानकारी नभएको बताए ।

दुवै बसमा गरी ६५ जना यात्रु रहेका थिए । तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए । बाँकी ६२ जना बससँगै हराएका थिए । उनीहरूमध्ये अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ ।

बाँकी शव तथा बसको खोजीको लागि नेपालका र भारतबाट समेत खोज तथा उद्धार टोलीले खोजी गरे पनि भेटिएको छैन ।
त्रिशूलीमा हराएका तथा मृत पहिचान भएका सबै जनालाई दुई लाख रुपियाँको दरले सरकारले राहत दिइसकेको छ ।

दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सडकभन्दा माथि खनिएको ग्रामीण सडकको कारणले लेदोसहितको पहिरो आएर गाडी बगाएको मूल कारण देखाएर प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ ।

पहिरोले बगाएको मध्ये एञ्जल यातायात वीरगञ्जबाट काठमाडौँ र गणपति यातायात काठमाडौँबाट गौरतर्फ जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस