२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीको पुनः संरचना अध्ययन गर्न टिम गठन

अ+ अ-

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परिषद्को पुर्नसंरचना अध्ययन तथा सुझाव सम्बन्धमा पूर्वसचिव सूर्यप्रसाद गौतमको संयोजकत्मा ७ सदस्यीय उच्चस्तरीय कार्यटोली गठन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षमा केही दिनअघि बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले परिषद्बाट सञ्चालन हुने कार्यक्रमको समयसापेक्ष परिमार्जन गर्न पाठ्यक्रम विज्ञ डा. लेखनाथ पौडेलेको संयोजकत्वमा ५ सदस्य रहेको कार्यटोली गठन गरेको छ भने परिषद्को आंगिक शिक्षालय गणेशमान स्मृति बहुप्राविधिक शिक्षालय चन्द्रागिरि काठमाडौँमा बजारको माग अनुसार चालू शैक्षिक सत्रदेखि डिप्लोमा इन ब्युटी एण्ड कस्मेटोलोजी (कोटा ४०) र डिप्लोमा इन फेसन डिजाइन (कोटा ४०) कार्यक्रम सञ्चालन गर्न कार्यक्रम थप गर्ने निर्णय गरेको छ ।

बैठकले परिषद्को आंगिक शिक्षालयमा सञ्चालित स्वास्थ्यबाहेकका कार्यक्रममा न्यूनतम सङ्ख्यामा आवेदन परेको सम्बन्धमा कार्यक्रम समायोजन, परीक्षार्थी समायोजन र सेवा करारमा कार्यरतको समायोजन सम्बन्धमा अध्ययन गरी कार्यक्रम सञ्चालन गर्नका लागि परिषद् पोलिटेक्निक महाशाखाका निर्देशक दामोदर देवकोटाको संयोजकत्वमा कार्यटोली गठन गरेको छ ।

परिषद्ले ४२ वटा निजी क्षेत्रका संस्थालाई कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा कोटा निर्धारणका लागि पठाउने निर्णय गरेको छ । विभिन्न कार्यक्रममा प्रस्तावना पेस गरी चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रिया रहेका र विभिन्न मितिमा भएका अदालतको आदेश अनुसार १३ वटा निजी क्षेत्रका प्रस्तावक संस्थालाई कार्यक्रम सञ्चालन गर्न कोटा निर्धारणका लागि पठाउने निर्णय गरेको हो । जसमा पाथीभरा सेन्टर फर एडभान्स स्टडिज अर्जुनधारा झापादेखि मिड वेष्ट्रन कलेज अफ साइन्स एण्ड टेक्नोलोजी, सुर्खेतसम्म रहेका छन् ।

बैठकले विभिन्न कार्यक्रममा प्रस्तावना पेस गरी आयोगबाट आशयपत्र प्राप्त गरेर अन्तिम प्रक्रियामा रहेका २९ वटा निजी क्षेत्रका प्रस्तावक संस्थाको कार्यक्रम सञ्चालनका लागि पनि आयोगमा कोटा निर्धारणका लागि पठाउने निर्णय गरेको हो । जसमा मोडर्न इन्टिच्यूट अफ हेल्थ साइन्स त्रियुगा उदयपुरदेखि नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेज प्राली धनगढी कैलालीसम्म रहेका छन् ।

बैठकले विभिन्न ५ वटा संस्थाले सञ्चालन गरेका कार्यक्रममा पनि स्तरोन्नति गर्ने निर्णय गरेको छ । जसमा चित्रगुप्त इन्ष्टिटच्यूट अफ टेक्नोलोजी बर्दिबास महोत्तरीदेखि दमक इन्ष्टिच्युट अफ टेक्नोलोजी प्राली दमक झापासम्म रहेका छन् । यस्तै बैठकले विभिन्न कार्यक्रममा प्रस्तावना पेस गरेका ७ जटा निजी क्षेत्रका प्रस्तावक संस्थाको कार्यक्रमलाई परिषद्को सम्बन्धन सिफारिस समितिको बैठकले प्रस्तावना रद्द गर्न सिफारिस गरे अनुसार रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस