२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४९ वर्षीया महिला र २३ वर्षीय युवकबीच प्रेम सम्बन्ध, विवाहको प्रस्तावपछि महिलाको हत्या

अ+ अ-

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या ‘प्रेम सम्बन्ध’का कारण भएको खुलेको छ। 

साउन २२ गते राति सानीभेरी-४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या भएको थियो। मल्लको शव २३ गते बिहान ८ः१५ बजे आफ्नै घरको कोठामा फेला परेको थियो।

सुशीलाको हत्या आरोपमा प्रहरीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। प्रेम असार २५ गते दिउँसो ३ बजेतिर आफ्नै घरबाट पक्राउ परेका हुन्।

प्रेम र सुशीलाका बीचमा पछिल्लो डेढ वर्षदेखि ‘प्रेम सम्बन्ध’ रहेको र महिलाले विवाहको लागि दबाब दिएपछि हत्या गरेको आरोपीले स्विकारेको प्रहरीले जनाएको छ । उनीहरूबीच डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाटपछि भेटघाट हुन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार हत्याको अघिल्लो दिन प्रेम भेटघाटका लागि सुशीलाको घरमै आई रातिसँगै बसेको र बिहानै उठी जाजरकोटको रिम्ना बजार तथा रुकुम पश्चिमको चाइनाबगर बजार गई घुमफिर गरेर साँझ पुनः सुशीलाकै घरमा आएका थिए। त्यस रात १२ बजेतिर सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेपछि घटना घटेको प्रहरीको भनाइ छ।

प्रेमले सुशीलालाई विवाह गर्न सक्ने अवस्था नभएको भन्दै मार्ने मनसायका साथ फलामको तावा, सिलौटो, लोरोलगायतका घरेलु औजार हान्नुका साथै सलले घाँटी बाँधी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट रगत लागेको फलामको तावा, सिलौटो, लोरो, बांगिएको चम्चा बरामद गरेको थियो। आरोपीको घरबाट मृतक सुशीलाको मोबाइलसमेत बरामद भएको छ।

हत्या आरोपीलाई आइतबार नै रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस