विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालको आइसियुमा आगलागी भएको छ ।
आइसियुमा बिरामी भने नरहेको र आइसियु खाली रहेका बेला आगलागी भएको अस्पताल स्रोतले जानकारी दियो । स्रोतका अनुसार खाली रहेको आइसियुमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरू त्रसित बनेका छन् ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।