तारागाउँ विकास समिति सरकारलाई बोझ बन्यो : माधव नेपाल « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तारागाउँ विकास समिति सरकारलाई बोझ बन्यो : माधव नेपाल


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् ।

तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होटेल/रेष्टुरेण्टहरु रहेको भन्दै उनले तिनको राम्रोसँग सदुपयोग नभएको बताएका हुन् ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा पर्यटन समितिको बैठकमा नेपालले सो धारणा राखेका हुन् ।

तारागाउँ विकास समितिबाट सञ्चालित ककनीको रिसोर्टमा आफू पनि बसेको जानकारी दिँदै उनले भने, ‘व्यवस्थापन अत्यन्तै खतम छ ।’

२०६१/६२ तिर नगरकोटको नेपाली सेनाको ब्यारेक नजिकको रिसोर्टमा पनि आफू बसेको भन्दै उनले त्यसको बेहाल देखेको बताए । उनले पोखराको रिपोर्टबारे पनि नराम्रो कुरा सुनेको नेपालले बताए ।

तारागाउँ विकास समिति केही कर्मचारी र व्यक्तिहरूलाई जागिर खुवाउने ठाउँमात्रै बनेको छ कि यसबाट सरकारलाई राजश्व पनि प्राप्त भइरहेको छ भनेर जानकारी राख्नुपर्ने उनले बताए ।

तारा गाउँ विकास समितिको नाममा रहेका जग्गा र रिसोर्टहरु सदुपयोग भइरहेको छ कि दुरुपयोग भइरहेको छ भनेर जानकारी लिनुपर्ने र दीर्घकालसम्म सोचेर व्यवस्थित बनाउनुपर्ने उनले बताए । राम्रोसँग सन्चालन गर्न निजी क्षेत्रलाई पनि दिन सकिने नेता नेपालको भनाइ छ ।

‘जग्गा छ, भवन छ । व्यवस्थापन कस्तो छ ? कति जग्गा व्यापारिक परियोजनामा प्रयोग गर्ने गरिएको छ रु कति त्यसको निम्ति मिहिनेत गरिएको छ ?’ नेपालले भने, ‘यस्ता कुराहरूको अलि लामो समयको कुरा सोचेर व्यवस्थापनका लागि प्राइभेटलाई दिने हो भने प्राइभेटलाई दिनुपर्‍यो । यो बोझको रूपमा रहनु भएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस