अस्पतालको शैय्यामा मृत्युसँग लड्दै गोमती, आर्थिक पिरलोमा परिवार  « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अस्पतालको शैय्यामा मृत्युसँग लड्दै गोमती, आर्थिक पिरलोमा परिवार 


२६ श्रावण २०८१, शनिबार


काठमाडौँ । बैतडीकी गोमतीलाई अस्पताल ल्याइएको करिव एक हप्ता भइ सक्दा पनि होस खुल्न सकेको छैन । भिरबाट लडेर गम्भीर घाइते भएकी उनको धनगढीस्थित मायामेट्रो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भई रहेको छ । 

चिकित्सकले बताए अनुसार आज स्वास्थ्यमा केही सुधार आएको छ। टाउकोमा गम्भीर चोट लागेकी गोमतीको हड्डी फुटेर मस्तिष्कमा समेत असर पुगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् र अस्पताल पुर्‍याए लगत्तै शल्यक्रियामार्फत मस्तिष्कको हड्डी निकालेका थिए । चिकित्सकका अनुसार फेरी दोस्रो अप्रेसन गर्नु पर्ने भएको छ । आर्थिक पिरलोमा परेको उनको परिवार उपचार खर्च कसरी पुरा गर्ने भन्ने चिन्तामा छ । 

आर्थिक अभावले उपचारमा समस्या भएपछि आफन्तहरू सहयोग सङ्कलनमा जुटेका छन् । हालसम्म एक लाख २५ हजार सहयोग सङ्कलन भएको छ । करिव ८ लाख जति उपचार खर्च लाग्ने बताइएको छ । 

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको उनका परिवारले बताएका छन् । साथै आर्थिक सहयोग गरेर ज्यान बचाइदिन परिवारले सम्पूर्णमा अपिल गरेको छ । 

सहयोगका लागि छोरी धाना विकको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ०३१०७०१०१३५०३० जम्मा गरिदिन अपिल गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस