ग्रामीण क्षेत्रका प्रहरी चौकीमा न्यून प्रहरी « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ग्रामीण क्षेत्रका प्रहरी चौकीमा न्यून प्रहरी


२४ श्रावण २०८१, बिहिबार


तुलसीपुर । दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । 

यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए। उनका अनुसार सहरी क्षेत्रमा बढी जनशक्ति चाहिने भएकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेको भए पनि मातहतका चौकीमा भने दरबन्दी अनुसारका प्रहरी नभएको उनले बताए । “केही परेमा हामीले (इप्रका तुलसीपुरबाट) जनशक्ति पठाउने गरेका छौँ”, उनले भने “देशभरकै अवस्था त्यस्तै हो, सबै ठाउँबाट प्रहरीको माग भइरहेको छ ।”  

दाङको दङ्गीशरणस्थित इलाका प्रहरी कार्यालय हेकुलीमा २३ जनाको दरबन्दी हो । तर, त्यहाँ सात जना मात्रै कार्यरत छन् । तुलसीपुर उपमहानगरपालिका-१३ स्थित इलाका प्रहरी कार्यालय फूलबारीमा २३ जनाको दरबन्दी रहे पनि ६ जना मात्रै कार्यरत छन् । त्यस्तै इलाका प्रहरी कार्यालय मलबारमा १७ जना दरबन्दी रहेकामा आठ, प्रहरी चौकी विजौरीमा १० जनाको दरबन्दी रहेकामा नौ, प्रहरी चौकी खाद्रेमा १० जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी गोल्टाकुरीमा १० जनाको दरबन्दी रहेकामा पाँच जना मात्रै कार्यरत छन् ।

यस्तै प्रहरी चौकी बागरमा १४ जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी उरहरीमा १४ जनाको दरबन्दी रहेकामा सात जना कार्यरत रहेका प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए। प्रहरी चौकीभन्दा अस्थायी प्रहरी चौकीमा प्रहरीको सङ्ख्या बढी छ । प्रहरी पोस्टहरू बजारमै भएकाले शान्ति सुरक्षाका लागि बढी प्रहरी परिचालन गरिएको उनले बताए। 

अस्थायी प्रहरी पोस्ट तुलसीपुर बसपार्कमा सात, अस्थायी प्रहरी पोस्ट बेलुवामा आठ, अस्थायी प्रहरी पोस्ट दमारगाउँमा ६, अस्थायी प्रहरी पोस्ट बेलझुण्डीमा ६, अस्थायी प्रहरी पोस्ट बालापुरमा ६ तथा अस्थायी प्रहरी पोस्ट गोठीखोलामा पाँच जना कार्यरत छन्। 

त्यस्तै अस्थायी प्रहरी पोस्ट टरिगैँ ग्वारखोलामा पाँच, अस्थायी प्रहरी पोस्ट पर्सेनीमा आठ, अस्थायी प्रहरी पोस्ट छिल्लीकोटमा चार तथा राप्ती प्रादेशिक अस्पतालमा दुई जना कार्यरत रहेका प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा भने दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेका छन् । प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार ६४ जनाको दरबन्दी रहेकामा ९६ जना कार्यरत छन् । बजार क्षेत्रमा बढी प्रहरी आवश्यक पर्ने उनको भनाइ छ ।  

इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा गरी एक सय ८५ जनाको दरबन्दी छ । तर, गाउँका प्रहरी चौकीमा प्रहरीको दरबन्दी भन्दा कम भए पनि त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ । 

दरबन्दी एक सय ८५ जनाको रहे पनि कार्यरत भने दुई सय चार जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस